त्रिशुली अस्पतालमा भेटियो अत्यन्त संक्रामक मानिएको कोरोनाको डेल्टा प्लस भेरियन्ट
हेल्थ टिभी अनलाइन \काठमाडौं : नुवाकोटको त्रिशुली अस्पतालमा कोरोनाको डेल्टा प्लस भेरियन्ट भेटिएको छ । अस्पतालमा परीक्षण गरिएको नमुनामा थप परीक्षण गर्न पठाउँदा कोरोनाको अत्यन्त संक्रामक मानिएको डेल्टा प्लस भेरियन्ट भेटिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा दिपेन्द्र पाण्डेले जनाएका छन्।
त्रिशुली अस्पतालमा पोजेटिभ आएका ४ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत अन्तराष्ट्रिय प्रयोगशालामा जिन सिक्वेन्सिङ गर्दा तीन वटा नमुनामा डेल्टा र एउटा नमुनामा डेल्टा प्लस भेरियन्ट भेटिएको डा पाण्डेले जनाएका हुन्।
कोरोनाको डेल्टा प्लस भेरियन्ट बच्चादेखि सबै उमेर समूहमा संक्रामक रहेको अनुसन्धानहरुले देखाएका छन् । त्यसैले पनि उच्च सतर्कताकासाथ जनस्वास्थ्यका मापदण्ड पालना गर्न अस्पतालले आग्रह गरेको छ ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा