थप २२३९ संक्रमित थपिए, २० जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा थप २२ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ३१३ जनाको कोरोना परीक्षण गर्दा २२ सय ३९ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ । यसैगरी गत २४ घण्टामा २० जना कोरोना संक्रमितको ज्यान गएको मन्त्रालयले जनाएको छ । योसहित देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या ९ हजार ३४० पुगेको छ ।
मन्त्रालयका अनुसार आज १३ सय १६ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। हाल देशभर २६ हजार ५९० जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा