चीनबाट खरिद गरिएको ४० लाखमध्ये ८ लाख डोज भेरोसेल खोप आइपुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : चीनबाट खरिद गरिएको कोरोना विरुद्धको खोप पहिलो खेपमा आठ लाख डोज नेपाल आइपुगेको छ ।
नेपाल एयरलाइन्सको जहाजबाट शुक्रबार बिहान भेरोसेलको आठ लाख डोज खोप नेपाल आइपुगेको हो । सरकारले चीनको वेइजिङमा रहेको सिनोफार्म कम्पनीसँग ४० लाख डोज खोप खरिदको ‘नन डिस्क्लोजर’ सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार भेरोसेल खोपको पहिलो खेपमा ८ लाख डोज खोप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो ।
अरु थप दुई खेपमा गरी ४० लाख डोज खोप ल्याइने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले जनाए । उक्त खोप प्राथमिकताका आधारमा चाँडै नै लगाउन सुरु गरिने पनि उनले जनाएका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा