अष्ट्रेलियन राजदुतद्वारा त्रिवि शिक्षण अस्पताललाई ४१ लाख बराबरको स्वास्थ्य उपकरण सहयोग
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालका लागि अष्ट्रेलियाली राजदुत फेलीसिटी वोल्कले करिब ४१ लाख मूल्य बराबरको दुई स्वास्थ्य उपकरणहरु त्रिभुवन विश्वबिद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा डा दिव्या सिंह शाह र त्रिवि शिक्षण अस्पताल फरेन्सिक बिभागका डा समारिका दाहाललाई हस्तान्तरण गरेकी छिन्।
अष्ट्रेलिया अवार्डस् अल्मुनाई ग्राण्टबाट दुई जना अष्ट्रेलियाली विश्वविद्यालयहरुका अल्मुनाई – प्राडा शाह र डा दाहाललाई उनीहरुको कार्यमा थप सहयोग गर्न अल्ट्रासाउन्ड मेसिन र पोर्टेवल डेन्टल एक्सरे मेसिन प्रदान गरिएको हो ।
डेण्टल एक्सरे मेसिन त्रिवि शिक्षण अस्पतालको फरेन्सिक मेडिसिन बिभागमा बिपद् पीडित ब्यक्तिहरुको पहिचान गर्ने कामलाई बिस्तार गर्न प्रयोग गरिने छ । डा दाहाल डेण्टल एक्सरेबाट पहिचान गर्ने बिधामा नेपालको पहिलो ब्यक्ति हुन् र चिकित्सा पेसाप्रतिको प्रतिवद्धता, नेपालमा स्वास्थ्य सेवामा उनको योगदान र अष्ट्रेलिया अवार्डस् महिला नेतृत्व संजाल नेपालमामा उनको सकृय सहभागिताको कदर स्वरुप प्रदान गरिएको हो । आईओएमका डिन प्राडा शाहमार्फत प्रदान गरिएको अल्ट्रासाउण्ड मेसिन डा शाहको मृगौला रोग र अंगप्रत्यारोपण क्षेत्रमा योगदानको लागि प्रदान गरिएको हो ।
उक्त उपकरणहरु हस्तान्तरण गर्दै राजदुत वोल्कले भनिन्, ‘अष्ट्रेलिया सरकारको नेपाल कोभिड १९ विकास सहयोग योजना अनुसार नेपालको स्वस्थ्य सुरक्षाको क्षेत्रमा सहयोग गर्न प्रतिबद्ध रहेको छ । यो योजनाले नेपालले समानान्तर रुपमा झेलिरहेका विभिन्न प्रकारका चुनौतिहरु र अति जोखिममा रहेका समुदयलाई सहयोग केन्द्रित गर्नेछ । विगत केहि महिना देखि स्वास्थ्य प्रणालीहरु धेरै दवाव देखिएको छ र नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरु लाई परेको जटीलता र तनावको म कल्पना मात्र गर्न सक्छु । मलाई आशा छ अष्ट्रेलिया अवार्डस् अल्मुनाई ग्राण्टबाट प्राप्त यो सहयोगले नेपालको स्वस्थ्य प्रणालीमा सहयोग गर्नेछ र दशकौं देखि नेपाल र अष्ट्रेलियाले एकआपसमा गरेको मित्रवत सहयोगको सम्झना गराउनेछ ।’




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त