पीसीआर रिपोर्टमा सम्पर्क नम्बर अनिवार्य राख्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आग्रह
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोनाको परीक्षण गराउने बेलामा व्यक्तिको सम्पूर्ण ठेगाना र सम्पर्क नम्बर अनिवार्य राख्न इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ ।
कतिपय रिपोर्टमा सम्पर्क नम्बर नभएको र कतिपयमा गलत नम्बर हुँदा फलो अप गर्न र केस म्यानेजमेन्ट गर्न अप्ठेरो भएको भन्दै महाशाखाले यस्तो आग्रह गर्दै सबै प्रयोगशालालई पत्र पठाएको हो ।
कोरोना पोजेटिभ भएपछि कल सेन्टरबाट कल गरेर जानकारी दिने र होम आइसोलेसनमा रहेकाहरुको फलोअप गर्नुपर्ने भएकाले नम्बर चाहिने भएपनि कतिपय अवस्थामा स्पष्ट सम्पर्क नम्बर नहुँदा समस्या भएको पनि रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
महाहाखा प्रमुख डा कृष्ण पौडेलले जारी गरेको सूचनामा अबदेखि पीसीआर गर्ने बेलामा नै व्यक्तिहरुलाई अनिवार्य रुपमा हाल बसिरहेको ठेगाना तथा सम्पर्क नम्बर उपलब्ध गराउन लगाउने काम प्रयोगशाला कर्मचारीले गर्नुपर्ने उल्लेख छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा