कोरोना खोप लिन आज चीन जाँदै नेपाल एयरलाइन्सको जहाज
हेल्थ टिभी अनलाइन\ काठमाडौं : कोरोनाविरुद्धको भेरोसेल खोप लिन आज नेपाल एयसलायन्सको जहाज चीन जाने भएको छ ।
भेरोसेल’ खोप ल्याउनका लागि निगमको जहाज चीनको बेइजिङ जान लागेको हो । बिहीबारदेखि यहि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए । कति मात्रामा खोप आउँछ भन्ने भने उनले खुलाएनन्।
सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि वेइजिङस्थित सिनोफार्म कम्पनीसँग नन् डिस्क्लोजर एग्रीमेन्ट गरेको छ। त्यही अनुरुप तीन लटमा खोप आउने भएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा