नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९४ दशमलब ५ प्रतिशत, देशभर २६ हजार ५४४ सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९४ दशमलब ५ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले नेपालमा कोरोना भएर निको हुने दर अहिले ९४ दशमलब ५ प्रतिशत रहेको जनाएका हुन्। उनले पछिल्लो समय कोरोनाबाट निको हुनेको दर बढेको जनाए ।
हाल देशभर पीसीआर विधिबाट गरिएको परीक्षणबाट ६ लाख ५० हजार १६२ र एन्टिजेट विधिबाट गरिएको परीक्षणमा ४० हजार ८१२ जनामा कोरोना पुष्टि भएको छ । यीमध्ये हालसम्म ६ लाख १४ हजार ३२७ जना भने निको भइसकेका छन्। मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमण भएर ९ हजार २९१ जनाको मृत्यु भएको छ । उता अहिलेसम्म ३३ लाख ९१ हजार ३७९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
यसैगरी २ लाख १७ हजार ४२१ जनाको एन्टिजेन गरिएको छ । नेपालमा कोरोना संक्रमण हुनेमा पुरुष ६० प्रतिशत र महिला ४० प्रतिशत रहेको पाइन्छ । दोस्रो वेभमा कोरोना संक्रमण हुने महिलाको संख्या पहिलो वेभको तुलनामा बढी छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण