निषेधाज्ञा खुकुलो हुँदा फेरी बढ्यो कोरोना : आज २९७९ जनामा संक्रमण पुष्टि, २८ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा निषेधाज्ञा खुकुलो हुदै जाँदा पुन कोरोना संक्रमण बढ्न थालेको छ ।
आज मात्रै देशभर ११ हजार ८९८ जनामा परीक्षण गर्दा २९ सय ७९ जनामा कोरोना पुष्टि भएको हो । यो भनेको हिजोअस्तिको भन्दा बढी हो । हिजो मंगलबार १२ हजार ५८५ परीक्षण गर्दा २६ सय ३४ जनामा कोरोना देखिएको थियो । यसैगरी सोमबार ११ हजार ५२७ परीक्षण गरिएकोमा २६ सय २२ जनामा कोरोना पुष्टि भएको थियो ।
कोरोना संक्रमण कम भएको भन्दै सरकारले लकडाउन खुकुलो गर्दै गएको भए पनि संक्रमण दर भने घट्न सकेको छैन । मन्त्रालयका अनुसार आज २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार २९१ पुगेको छ । उता आज कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १३ सय ३३ रहेको छ ।
हाल देशभर २६ हजार ५४४ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा