विदेशमा चिकित्सा शिक्षा स्नातक गरेका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने
हेल्थ टिभी अनलाइन \काठमाडौं : विदेशमा चिकित्सा शिक्षा स्नातक तह पूरा गरेका तर कोभिड १९ का कारण इन्टर्नसिप गर्न नपाएका विद्यार्थीले नेपालमै इन्टर्नसिप गर्न पाउने भएका छन्।
कोरोना महामारीका कारण उत्पन्न भएको परिस्थितिले पढेकै विश्वविद्यालयमा इन्टर्नसिपको अवधि पूरा गर्ने अवस्था नरहेकोले सन् २०२० को अप्रिल महिनाको अन्तसम्ममा अन्तिम परीक्षा उत्तिर्ण गरी इन्टर्नसिपको अवधि पूरा गर्न नपाएका विद्यार्थीलाई यो एक पटकका लागि नेपालमै बाँकी अवधि पूरा गर्ने व्यवस्था मिलाइएको हो ।
चिकित्सा शिक्षा आयोगको असार २१ को निर्णयअनुसार विदेशमा चिकित्सा शिक्षा पढेका विद्यार्थीको कोरोनाले इन्टर्नसिप पूरा नभएको भए इन्टर्नसिप गर्न इच्छुक विद्यार्थीलाई अनलाइन आवेदन दिन भनेको छ। अनलाइन आवेदन असार २४ देखि खुल्ने र साउन ५ गतेसम्म भरिसक्नुपर्नेछ।
त्यसका लागि स्नातक तहको पढाइ पूरा भएको पत्र वा अन्तिम परीक्षा उत्तिर्ण भएको प्रमाणपत्रलगायत कागजातहरू पेश गर्नुपर्ने हुन्छ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा