Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बलिउड अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा निधन

बलिउड अभिनेता दिलिप कुमारको ९८ वर्षको उमेरमा निधन

हेल्थ टिभी अनलाइन : बलिउडका अभिनेता दिलिप कुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो ।

अभिनेता दिलिप कुमारको बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको सो अस्पतालका डाक्टर पार्करले जनाएका छन् ।
सन् १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर हाल पाकिस्तानमा जन्मिएका दिलिप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान थियो । उनले २२ वर्षकै उमेरमा फिल्ममा काम गर्न सुरु गरेका थिए ।

उनी केही समयदेखि बिरामी थिए । जसका कारण अभिनयबाट विश्राम लिएका थिए ।

 

 

थप समाचार