आजदेखि भेरोसेल खोपको दोस्रो डोज लगाइँदै
हेल्थ टिभी अनलाइन\ काठमाडौं : आजदेखि कोरोना विरुद्धको भेरोसेलको दोस्रो डोज खोप दिइने भएको छ । पहिलो मात्रा खोप लगाएकालाई आजदेखि दोस्रो मात्राको खोप दिन लागिएको हो ।
जेठ २५ देखि पहिलो मात्रा खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि भेरोसेलको दोस्रो मात्रा दिन लागिएको हो ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले एक सूचना जारी गर्दै आफनो नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ । काठमाडौंमा भेरोसेलको दोस्रो डोजका लागि ३२ वटा खोप केन्द्र तोकिएको छ । खोप लगाउन लागि यसअघि पहिलो मात्रा खोप लगाएको कार्ड अनिवार्य लिएर जानुपर्ने समेत जनाइएको छ ।
भेरोसेलको दोस्रो मात्रा लगाउन आफूलाई पायक पर्ने स्थानमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म जानुपर्नेछ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा