अझै पनि यी नौं जिल्लामा छन् पाँच सय बढी सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा अझै पनि नौं जिल्ला कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेको जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलले कोरोना संक्रतिमको संख्यामा केही कमी आएको भए पनि नौं जिल्ला ५ सय बढी सक्रिय संक्रमित रहेको र अझै उच्च जोखिममा रहेको जनाएका छन्। यी जिल्लाहरुमा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, झापा ,मोरङ, सुनसरी रहेका छन्। यसैगरी २७ वटा जिल्लामा २ सय बढी सक्रिय संक्रमित रहेको पनि प्रवक्ता डा पौडेलले जनाएका छन्।
यसभन्दा अघि ३७ जिल्लाभन्दा बढीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका थिए । अहिले भने सो संख्या घटेर ९ जिल्लामा आएको हो । यसैगरी २ सय संक्रमित हुने जिल्लाहरु पनि घट्ने क्रममा रहेको बताइएको छ ।
नेपालमा कोरोना संक्रमण दर अझै पनि १९ दशमलब १ प्रतिशत रहेको छ भने दैनिक १० हजार हाराहारीमा परीक्षण हुँदै आएको छ । हालसम्म नेपालमा ९ हजार २२५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उता ६०८ जना कोरोना संक्रमितको आइसीयूमा र १८१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा