थप १६०३ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप १६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार १३२ जनाको कोरोना परीक्षण गर्दा थप १६ सय ३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ६ लाख ४४ हजार पुगेको छ । गत २४ घण्टामा २७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार २२५ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १७९ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा