आज राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज असार २० गते देशभर राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाइँदैछ ।
‘कोभिड पछिको समस्यामा प्राकृतिक चिकित्सा’ भन्ने नाराका साथ चौंथो राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस मनाउन लागिएको हो । कोरोना महामारीका कारण भर्चुअल रुपमा विभिन्न छलफल कार्यक्रम गरेर दिवस मनाउन लागिएको योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष डा जनक बहादुर बस्नेतले बताए ।
औषधिको प्रयोगविना प्राकृतिक रुपमा गरिने उपचार पद्धतिले स्वस्थ जीवनशैलीको लागि अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने भए पनि यो पद्धति सरकारको प्राथमिकतामा नपरेको प्राकृतिक चिकित्सकहरुको गुनासो छ ।
विशेष गरेर जीवनशैलीसँग सम्बन्धित नसर्ने रोग न्युनीकरणमा प्राकृतिक चिकित्सा उत्कृष्ट विधा भएको उनीहरुको भनाई छ । संघले दिवसको अवसर पारेर एक साताभरी विभिन्न कार्यक्रम गर्ने जनाएको छ । नेपालमा ६० देखि ८० जना मात्र प्राकृतिक चिकित्सक रहेका छन्।
नेपाल सरकार मन्त्रिपरिषदको निर्णयद्वारा वि.सं २०५९ असार २० गते प्राकृतिक चिकित्सालाई स्वास्थ्य सेवा विधा अन्तर्गत राखी राष्ट्रिय चिकित्सा पद्धतिको रुपमा मान्यता प्रदान गरेको हो । सोही दिनलाई मन्त्रि परिषद्को वि. सं २०७४\६\२३ को निर्णय अनुसार विश्वमै पहिलोपटक राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस (असार २०) घोषणा गरी राष्ट्रिय उत्सवको रुपमा मनाउन थालिएको हो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा