शनिबार २३२८ संक्रमित थपिए, १९ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : शनिबार देशभर २३ सय २८ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १३३ जनाको कोरोना परीक्षण गर्दा थप २३ सय २८ जनामा कोरोना पुष्टि भएको हो। यहीवीच ३ हजार ६६ जना भने संक्रमणमुक्त भएका छन्। यसैगरी गत २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार १९८ पुगेको छ । हाल २७ हजार ७१६ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा