भेरोसेल खोप खरीदका लागि सरकारले गर्यो सम्झौता, असार २४ गतेदेखि आपूर्ति हुने
हेल्थ टिभी अनलाइन\ काठमाडौं : सरकारले कोरोना खोप भेरोसेलका लागि चीनको वेइजिङस्थित साईनोफार्म कम्पनीसँग सम्झौता गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण प्रसाद पौडेलले कोरोना विरुद्धको भेरोसेल खोपका लागि चीनको वेइजिङस्थित साईनोफार्म कम्पनीसँग खरिदका लागि समझौता भएको र खोप यही असार २४ गतेदेखि आपूर्ति सुरु हुने जनाएका छन्। उनले त्यसपश्चात साप्ताहिक रुपमा खोप चरणवद्ध रुपमा आउने पनि जनाएका छन्।
उनले विज्ञप्ति जारी गर्दै खोप खरिदका लागि प्रक्रिया अघि बढिसकेको जनाएका हुन्। सरकारले चीनसँग ४० लाख डोज खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रीमेन्ट’ गरेको हो । सोही अनुसार पहिलो चरणमा असार २४ गते १० लाख डोज खोप नेपाल आइपुग्नेछ । खोप लिनका लागि नेपाल वायुसेवा निगमको जहाज बेइजिङ जाने निश्चित भएको छ ।
यसअघि चीन सरकारले १८ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा