स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन सुरु
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रत्येक वर्ष आयोजना गर्ने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन आजबाट सुरु भएको छ । यो सातौं शिखर सम्मेलन हो ।
परिषद्ले भर्चुअल रुपमा गरेको सम्मेलनको उद्घाटन आज स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले गरेका हुन्। ‘सातौं सम्मेलनको नारा ‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान : नीति र कार्यान्वर्यनको लागि प्रमाण’ भन्ने रहेको छ ।
सम्मेलनमा बोल्दै परिषद्का कार्यकारी प्रमुख डा प्रदिप ज्ञवालीले स्वास्थ्य अनुसन्धानको विकास र विकासका लागि प्रत्येक वर्ष शिखर सम्मेलन गर्दै आएको जनाए । कोरोना महामारीका कारण भर्चुअल रुपमा गर्न लागिएको सम्मेलन २ दिनसम चल्ने र यसपटक कोभिडमै केन्द्रित भएर प्रस्तुतीकरण रहने समेत डा ज्ञवालीले जानकारी दिए ।
सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित विषयमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताकहरुको आफ्नो खोज तथा अनुसन्धानकावारेमा ४७ वटा अनुसन्धानमूलक कार्यहरुको मोखिक प्रस्तुती, १९ पोस्टर प्रस्तुती तथा २४ वटा आमन्त्रित प्रस्तुतीकरण रहनेछ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा