स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सम्मेलन भोलिदेखि सुरु हुँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रत्येक वर्ष आयोजना गर्ने स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको शिखर सम्मेलन असार १७ गते भोलिदेखि सुरु हुन लागेको छ ।
परिषद्ले आज पत्रकार सम्मेलन गर्दै ‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान : नीति र कार्यान्वर्यनको लागि प्रमाण’ भन्ने नाराका साथ भोलिदेखि सम्मलेन सुरु गर्न लागेको जानकारी दिएको हो । कार्यक्रमको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले गर्ने छन्।
कोरोना महामारीका कारण भर्चुअल रुपमा गर्न लागिएको सम्मेलन २ दिनसम चल्ने र यसपटक कोभिडमै केन्द्रित भएर प्रस्तुतीकरण रहने परिष्दका सदस्य सचिव डा प्रदिप ज्ञवालीले जानकारी दिए । उनले परिषद्ले हरेक वर्ष आफनो स्थापना दिवसको अवसर पारेर सम्मेलन गर्दै आएको भए पनि .यस वर्ष कोरोना महामारीका कारण सारेर जुलाईमा गर्न परेको जनाए । उनले स्वास्थ्य अनुसन्धानको विकास र विस्तारका लागि सन् २०१५ देखि सम्मेलनको आयोजना गर्ने गरिएको जनाए ।
कार्यक्रममा परिषद्का अध्यक्ष डा गेहनाथ बरालले अब हामी आफैले अनुसन्धानबाट पत्ता लगाएका कुरा अभ्यासमा ल्याउनुपर्ने बेला आएको भन्दै कहिलेसम्म विदेसीले गरिदिएको अनुसन्धानका आधारमा उपचार गर्ने भन्दै अनुसन्धानमा नेपालीहरु पनि सक्षम रहेको बताए । उनले नेपाली अनुसन्धानकर्ताहरु पनि विदेशी भन्दा कम नभएको र उनीहरुलाई प्रविधि र लगानीमा लगानी गर्ने हो भने उच्चस्तरीय अनुसन्धान गर्नसक्ने जनाए ।
सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यासँग सम्बन्धित विषयमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताकहरुको आफ्नो खोज तथा अनुसन्धानकावारेमा ४७ वटा अनुसन्धानमूलक कार्यहरुको मोखिक प्रस्तुती, १९ पोस्टर प्रस्तुती तथा २४ वटा आमन्त्रित प्रस्तुतीकरण रहनेछ ।
सम्मेलनको पहिलो दिनमा कोभिड १९, जनस्वास्थ्य संकट, नसर्ने रोगहरु तथा स्वास्थ्य प्रणाली र नीति सम्बन्धी आमन्त्रित विज्ञहरुको प्रस्तुती रहनेछ । यसैगरी दोस्रो दिन मातृ स्वास्थ्य, नवजात शिशु तथा बालस्वास्थ्य, जेष्ठ नागरिक स्वास्थ्य, कार्यान्वयात्मक अनुसन्धान, संक्रामक रोग, मानसिक स्वास्थ्य लगायतका विषयमा प्रस्तुती हुनेछ ।
सम्मेलनमा भर्चुअल रुपमा झण्डै ५ लाखले सहभागिता जनाउने अपेक्षा राखिएको जनाइएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण