शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा अनुप बास्तोला
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा अनुप बास्तोला नियुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै सोही अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा बास्तोलालाई निर्देशकमा नियुक्त गरेका हुन्।
यसअघिका निर्देशक डा सागर राजभण्डारी अनिवार्य अवकाशमा जाने भएपछि डा बास्तोलालाई निर्देशक बनाइएको हो ।
डा बास्तोला महामारी सुरु भएदेखि नै कोरोना संक्रमितको उपचारमा दिनरात नभनी खटिरहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा