थप २४४४ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २४ सय ४४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ६४० जनाको परीक्षण गर्दा २४ सय ४४ जनामा कोरोना संक्रमण देखिएको हो ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ६ लाख ३५ हजार १८८ पुगेको छ । यीमध्ये हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमणमुक्त भइसकेका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसहित देशमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ९ हजार ५१ पुगेको छ । उता यहीवीच ३ हजार ८५३ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ९५० रहेको छ ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त