काठमाडौं उपत्यकामा भोलिदेखि सार्वजनिक यातायात चल्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले कोरोना नियन्त्रणका लागि जारी गर्दै आएको निषेधाज्ञा केही खुकुलो पार्दै सार्वजनिक यातायात चलाउन दिने भएको छ ।
सोमबार बसेको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले एक साता निषेधाज्ञा थप गर्दै यस्तो निर्णय गरेको हो । बैठकको निर्णय अनुसार भोलिदेखि २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधनले जोरविजोर प्रणाली अनुसार चलाउन पाउने छन्।
बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्दै सवारीसाधन चलाउन पाइने भएको हो । यसअघि सार्वजनिक यातायात गत वैशाख १६ गतेदेखि बन्द थिए । एक साताअघि मात्र सरकारले नीजि सवारी साधन र ट्याक्सीलाई जोरविजोर प्रणालीमा चलाउन दिएको थियो । सो नियम पनि जारी रहने जनाइएको छ ।
कोरोना संक्रमणको दरमा कमी आउँदै गएपछि सरकारले निषेधाज्ञा पनि खुकुलो बनाउँदै लाने निर्णय गरेको हो । उता लामो दूरीका यातायात भने बन्द नै रहने छन्।
पसलहरुको हकमा पनि दिनभर नै खोल्न दिइने भएको छ । सरकारले कोरोना महामारी नियन्त्रणका लागि भन्दै गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्दै आएको हो ।आज थप गएिको निषेधाज्ञा असार २१ सम्म लागू हुनेछ ।
सरकारले कोरोना नियन्त्रणका लागि भन्दै गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउँदै आएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण