Health TV Online
Health TV Online
Health TV Online

नेपालमै उत्पादित ‘रेमडिसिभिर’ बजारमा उपलब्ध, मूल्य ३५ सय पर्ने

नेपालमै उत्पादित ‘रेमडिसिभिर’ बजारमा उपलब्ध, मूल्य ३५ सय पर्ने

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमितको उपचारमा प्रयोग हुँदै आएको रेमडिसिभिर औषधि नेपालमा उत्पादन सुरु मात्र हैन् बजारबाट किन्न समेत पाइने भएको छ । नेशनल हेल्थ केयरले देशमा पहिलोपटक रेमडिसिभिर औषधिको उत्पादन सुरु गरेको हो।

कम्पनीले विज्ञप्ति जारी गर्दै वैशाख ३१ गते औषधि व्यवस्था विभागबाट उत्पादनको अनुमति पाएको र असार १३ गते आइतबार बजारमा बिक्रि वितरणका लागि पनि अनुमति पाएको जानकारी दिएको छ । सोही बमोजिम रेमडिसिभिर औषधि अब बजारमा किन्न पाइने पनि जनाइएको छ । नेशनल हेल्थ केयरद्धारा उत्पादित रेमडिसिभिरको ब्राण्ड नाम ‘रेमसिभिर’ रहेको छ। कम्पनीले प्रति भाइल औषधिको मूल्य ३५ सय तोकेको छ।

यसअघि कोरोना संक्रमण उच्च रहेका बेला रेमडिसिभिर नेपालमा नपाइँदा धेरैले महंगो मूल्य तिरेर ब्ल्याकमा यो औषधि किन्न बाध्य भएका थिए । अब भने स्वदेशमै यसको उत्पादन सुरु भएपछि बिरामीले रेमडिसिभिर औषधि सजिलै पाउने भएका छन्।

थप समाचार