भारतमा ३२ करोडभन्दा बढीले लगाइसके कोरोना विरुद्धको खोप
हेल्थ टिभी अनलाइन : भारतमा ३२ करोड भन्दा बढीले कोरोना विरुद्धको खोप लगाइसकेका छन्। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार बिहानसम्म ३२ करोड १७ लाख ६० हजार ७७ जनाले कोरोना विरुद्धको खाप लगाएका छन्।
जसमध्ये २६ करोड ५३ लाख ८४ हजार ५५९ ले पहिलो मात्रा लगाएका छन् भने दुबै डोव पूरा गर्नेको संख्या ५ करोड ६३ लाख ७५ हजार ५१८ रहेको छ । गत २४ घण्टामा मात्रै ६४ लाख २५ हजार ८९३ जनालाई कोरोना खोप दिइएको जनाइएको छ । भारतमा यही क्रmममा एक करोड १ लाख ९४ हजार ४६४ जना स्वास्थ्यकर्मीले कोरोना विरुद्धको पहिलो खोप पाइसकेका छन्।
यसैगरी दोस्रो डोज लिनेको संख्या पनि ७१ लाख ९९ हजार १६१ जनाले दुबै डोज पाएको त्यहाँको मन्त्रालयले जनाएको छ ।
शुरुमा कोरोना संक्रमितको उपचारमा फ्रन्टलाइनमा खटिएकाहरुलाई खोप दिन शुरु गरिएको भए पनि अहिले भारतमा सबै जोखिम समूह छुट्याएर खोप अभियान चलाइएको छ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित