शनिबार थप २ हजार १६ जनामा संक्रमण, ४९१४ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २ हजार १६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ८१० जनाको कोरोना परीक्षण गर्दा २ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ६ लाख ३२ हजार ३२६ पुगेको छ ।
उता पछिल्लो २४ घण्टामा ४ हजार ९१४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् भने यहीवीच ३० जना संक्रमितको मृत्यु भएको छ । देशमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ८ हजार ९७५ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट निको हुनेदर ९१ दशमलब ९ प्रतिशत रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण