देशभर सक्रिय संक्रमितको संख्या ४५ हजार, ४२ हजारभन्दा बढी होम आइसोलेसनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो समय कोरोनाको नयाँ संक्रमणदर कम हुँदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शुक्रबारसम्म देशभर सक्रिय कोरोना संक्रमितको संख्या ४५ हजार ७९४ जना रहेको छ ।
यीमध्ये ४२ हजार ९१० जना होम आइसोलेसनमा रहेका छन् भने २८ सय ८४ जना मात्र संस्थागत आइसोलेसनमा रहेका छन्। उता संक्रमितमध्ये ७१४ जनाको आइसीयूमा उपचार भइरहेको छ भने २१० जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
देशमा हालसम्म कोरोना संक्रमण भएर ८ हजार ९४५ जनाको मृत्यु भइसकेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा