एक वर्षभित्र कसैले पनि मास्क लगाउन नपर्ने गरी काम गर्छु : स्वास्थ्यमन्त्री श्रेष्ठ
हेल्थ टिभी अनलाइन \काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले एक वर्षभित्र सबैले मास्क लगाउन नपर्ने गरी काम गर्ने जनाएका छन्। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीको रुपमा पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले आफूले बोलेर भन्दा पनि काम गरेर देखाउने भन्दै एक वर्षभित्र कसैले पनि मास्क लगाउन नपर्ने गरी काम गर्ने जनाएका हुन्।
मन्त्री श्रेष्ठले आफूले एक वर्षभित्र चमात्कारी रुपमा काम गरेर देखाउने समेत प्रतिवद्धता जनाएका थिए । स्वास्थ्यसहति ५ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री श्रेष्ठले अहिले सबैका लागि खोप नै महत्वपूर्ण भएको र जनताले ‘नो भ्याक्सिन, नो भोट’ भन्न थालिसकेको अवस्थामा अब आफू पनि त्यसमै केन्द्रित भएर एक वर्षभित्र सबै नागरिकलाई मास्क लगाउन नगर्ने गरी खोपको व्यवस्था गर्ने जनाए । उनले आफूले काम गर्नुभन्दा पहिले यो यो गर्छु भन्ने भन्दा पनि गरिसकेपछि परिणामसहित यो यो गरें भन्न रुचाउने समेत बताएका थिए ।
उनले कोरोनाको तेस्रो लहरको आँकडा स्वास्थ्य मन्त्रालयले यसअघि नै निकालिसकेकाले अब मन्त्रालय त्यसको तयारीमा लाग्ने समेत जानकारी दिए । पदभार ग्रहण गर्ने क्रममा मन्त्री श्रेष्ठले कोरोना महामारीमा दिनरात नभनी आफनो ज्यानको बाजी लगाएर फ्रन्टलाइनमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको खुलेर प्रशंसा गरेका थिए । कार्यक्रममा मन्त्रालयका विभिन्न विभाग र महाशाखा प्रमुखहरुले मन्त्री समक्ष आफना विभागका कामवारे जानकारी दिंदै शुभकामना दिएका थिए ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त