नेपालमा अझै पनि ३६ जिल्लामा छन् ५ सय बढी सक्रिय कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोनाको संक्रमण दर कम भएको भए पनि अझै ३६ जिल्लामा ५ सय बढी सक्रिय कोरोना संक्रमित रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार बुधबारसम्म देशका ३६ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित रहेका छन् भने यो घट्ने क्रममा रहेको छ । उनले भने, ‘केही साता यता कोरोनाको संक्रमण केही कम भएको देखिन्छ तर केही जिल्लामा भने जोखिम अझै कायम नै छ ।’ ५ सय बढी संक्रमित हुने जिल्लाहरुमा काठमाडौं, भक्तपुर, ललितपर, मोरङ, सुनसरी, झापा,चितवन, काभ्रेपलान्चोक,सिन्धुली, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, बाँके, बर्दिया, दाङ,रुपन्देही, सुर्खेत, कैलाली, कंचनपुर लगायत छन्।
यसैगरी २ सय बढी संक्रमित हुने १९ जिल्ल्ला रहेका छन्। उदयपुर, संखुवासभा, पाँचथर, रामेछाप, पर्वत, तनहुँ दैलेख। जुम्ला लगायतका जिल्लामा भने २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ५० हजार ५२० जना सक्रिय संक्रमित रहेका छन्। यीमध्ये ७३४ जना आइसीयूमा उपचाररत छन् भने २१३ जना भेन्टिलेटरमा रहेका छन्। हालसम्म ८ हजार ८९४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण