१९ दिनमै पदमुक्त भएका स्वास्थ्यमन्त्री तामाङले सार्वजनिक गरे ४ बुँदे उपलब्धि
हेल्थ टिभी अनलाइन \काठमाडौं : १९ दिनमै पदबाट मुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर बहादुर तामाङले यहीवीच आफूले केही महत्वपूर्ण काम गरेको भन्दै सो कामको सार्वजनिक गरेका छन्।
उनले ४ बुँदे उपलब्धि भन्दै सामाजिक सञ्जालमार्फत आफूले गरेको कामकावारेमा यस्तो लेखेका छन्।
१ -कोरोना नियन्त्रणमा ईमान्दार प्रयत्न । खोप ल्याउने सम्बन्धी सबै प्रकृया भएको र केही दिनमा नै खोप आउने सुनिस्चित भएको । यदी पछिल्लो राजनितिक घटनाक्रमले खोप आउन ढिलो हुने र नेपाली नगरिकको जीवन माथी नै तलमाथी भएमा त्यसको नैतिक जिम्मेवारी मेरो हुनेछ । राजनितिको खेलमा नेपाली नागरिकको जीवनमाथी खेलवाड गर्ने छुट कसैलाई छैन
२- सबै नेपाली जनताको स्वास्थ्य उपचार नि शुल्क गर्ने सम्बन्धी छलफल र प्रारम्भिक प्रक्रिया शुरूवात ।
३- सम्पूर्ण सरकारी अस्पतालहरुलाई सुबिधासम्पन्न बनाई अस्पतालमा आउने सबै बिरामीलाई उपचारको सुनिस्चितता गर्ने प्रकृयाको आरम्भ भएको ।
४- गाँजाको औषधीय उपयोग र अनुसन्धानको लागि पहल शुरु भएको ।






तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा