एपी वान टेलिभिजनकी पौडेललाई ‘सुदर्शन स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार’
हेल्थ टिभी अनलाइन \काठमाडौं : एपी वान टेलिभिजनमा कार्यरत पत्रकार सपना पौडेल (सुजिता) लाई ‘सुदर्शन स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।
प्रस्तावित सुदर्शन देवकोटा स्मृति प्रतिष्ठानले स्वास्थ्य पत्रकार मञ्च नेपालसँगको सहकार्यमा उक्त पुरस्कार स्थापना गरेको हो । पुरस्कारको राशी ३० हजार रुपैयाँ रहेको छ ।
मंगलबार राजधानीमा एक कार्यक्रम गर्दै स्वर्गीय देवकोटाकी छोरी डा सुधा देवकोटाले उक्त पुरस्कार पत्रकार पौडेललाई हस्तान्तरण गरेकी हुन्। सो अवसरमा बोल्दै डा देवकोटाले आफ्नो बाबाले लामो समय पत्रकारिता क्षेत्रमा बिताएको र बाबाकै कारणले पत्रकारिताको महत्व आफूले राम्रोसंग बुझेकोले बाबाको मार्गमा आफू कुनै रुपमा जोडिऔँ भनेर पत्रकारिता पुरस्कार स्थापना गरेको बताइन् । आज उनका बुवा सुदर्शन देवकोटाको चौधौं स्मृति दिवस हो ।
स्मृति दिवसको अवसर पारेर यो पुरस्कार प्रदान गरिएको हो । स्वर्गीय देवकोटाका छोरा शरद देवकोटा, छोरी सुसा देवकोटा जोशी र अर्की छोरी सुधा देवकोटाले आफनो बुवाको नाममा ५ लाखको अक्षय कोषको स्थापना गर्ने समेत जनाएका छन्।
कार्यक्रममा स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले प्रस्तावित सुदर्शन देवकोटा स्मृति फाउन्डेशनले स्वास्थ्य पत्रकारहरुको सम्मानका लागि सहकार्य गर्ने अवसर दिएकोमा धन्यवाद व्यक्त गरे । उनले मञ्च र प्रतिष्ठान मिलेर भविस्यमा पनि स्वास्थ्य पत्रकारहरुको हित र क्षमता अभिवृद्धि सम्वन्धी विभिन्न कार्यक्रममा हातेमालो गर्ने बताए ।
कार्यक्रममा बरिष्ठ पत्रकार उमेश चौहानले स्वर्गीय सुदर्शन देवकोटाको पत्रकारिता यात्राको चर्चा गर्दै पत्रकारिता सम्मानित र गर्व गर्न लायक पेशा हो है भनेर आफ्ना सन्ततीलाई स्मृति दिवसको छाप छोड्न देवकोटा सफल भएको बताए ।
कार्यक्रममा प्रतिष्ठानका तर्फबाट कपिल घिमिरे, मञ्चका तर्फबाट निवर्तमान अध्यक्ष कल्पना आचार्य र पुरस्कृत पत्रकार सपना पौडेल (सुजिता) ले आफ्ना धारणा राखेका थिए ।
यो पुरस्कार प्रत्येक वर्ष स्वर्गीय देवकोटाको स्मृति दिवसको दिन एक जना स्वास्थ्य पत्रकारलाई दिइनेछ।




नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त