काठमाडौं उपत्यकामा आजदेखि खुकुलो निषेधाज्ञा
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो भएको छ । उपत्यकाका तीन जिल्लाकै प्रमुख जिल्ला अधिकारीहरूको आइतबार बसेको संयुक्त बैठकले आजदेखि एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेका थिए भने यसपटकको निषेधाज्ञा केही खुकुलो गर्ने समेत निर्णय भएको हो ।
उपत्यकामा संक्रमणमा कमी आउँदै गएपछि निषेधाज्ञा खुकुलो गर्दै केही व्यापार व्यवसायलाई सर्तसहित खोल्न दिइने भएको छ । यही क्रममा आजदेखि ट्याक्सी र नीजि सवारीसाधन जोर विजोर प्रणाली अनुसार चल्नेछन्। जोर नम्बरका सवारी साधन जोर गते र बिजोर नम्बरका साधन विजोर गतेको दिन चलाउनुपर्ने छ । यसैगरी पसलहरु पनि बार अनुसार खोल्न पाउने छन्।
आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न दिइने निर्णय भएको छ भने साथै सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, डिपार्टमेनटल स्टोर खेलकूद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न पाइने भएको छ।
उता दूध, खाद्यान्न,, किताब पसल लगायतका पसल भने हरेक दिन बिहान बिहान ११ बजेसम्म मात्र खोल्न दिइनेछ। यसैगरी निर्माण सामग्रीका पसलहरू पनि बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने भएको छ। सवारीसाधन मर्मतका लागि वर्कसपहरु बेलुका ७ बजेसम्म खोल्न दिने निर्णय भएको छ ।
सरकारले कोरोना नियन्त्रणका लागि भन्दै गत वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरेको हो । यो निषेधाज्ञा अब असार १४ गतेसम्म जारी रहनेछ ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित