राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्यो ३ लाख जनाको पीसीआर परीक्षण
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा तीन लाख भन्दा बढीको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ।
नेपालमा पीसीआर परीक्षण नै उक्त प्रयोगशालाबाट शुरु गरिएको थियो । नेपालमा पहिलोपटक कोरोनाका संक्रमितको कोरोना पुष्टि गर्नका लागि यहाँ सम्भव नभएर हङकङ पठाइएको थियो । तर पछि सरकारले कोरोनाको पीसीआर परीक्षण गर्न नेपालमै शुरु गर्नुपर्छ भनेर उक्त प्रयोगशालामा सो सेवा उपलब्ध हुने व्यवस्था गरेको थियो । त्यस यता प्रयोगशालामा ३ लाख जनाको पीसीआर परीक्षण गरेको भन्दै केट काटेर खुशयिाली मनाइएको छ । प्रयोगशालाकी निर्देशक डा रुना झा लगायतको टिमले केक काटेका थिए ।
कोरोना शुरु हुँदा एउटा पनि प्रयोगशालामा पीसीआर नहुने नेपालमा हाल नीजि र सरकारी गरी ९६ वटा प्रयोगशालाबाट पीसीआर परीक्षण हुँदै आएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा