२४ घण्टामा देशभर थपिए २२९७ कोरोना संक्रमित, ३१३० जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २२ सय ९७ जना कोरोना संक्रमित थपिएका छन्। यसैगरी यहीवीच ३१ सय ३० जना संक्रमित भने निको भएर डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै देशमा कुल कोरोना संक्रमितको संख्या ६ लाख २२ हजार ६४० पुगेको छ । उता गत २४ घण्टामा ४६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित देशमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ८ हजार ७७२ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ५३ हजार ९४० रहेको छ । यीमध्ये ८११ जना आइसीयूमा छन् भने २३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा