भेरी अस्पतालका डाक्टर र नर्समाथि आक्रमण गर्नेहरु ५० हजार धरौटीमा छुटे
हेल्थ टिभी अनलाइन \बाँके : नेपालगन्जको भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने घटनामा संलग्न ब्यक्तिलाई जिल्ला अदालत बाँकेले जनही ५०\५० हजार धरौटीमा छाड्ने आदेश दिएको छ ।
आइतबार जिल्ला अदालत बाँकेका न्यायाधीश श्यामसुन्दर अधिकारीको इजलाशले आक्रमणमा संलग्न अभियुक्तहरु मानबहादुर रावत, लोकराज रावत र भरत रावतलाई जनही ५०\५० हजार धरौटीमा छाड्ने आदेश दिएको हो ।
गत जेठ १३ गते दाङ तुल्सीपुरका मानबहादुर रावत, भरत रावत र लोकराज रावतले आफनो बिरामीलाई लापरवाही गरेर मारेको भन्दै भेरी अस्पतालका स्टाफ नर्स तथा डाक्टरमाथि आक्रमण गरेका थिए ।
आक्रमणको घटनापछि बाँके प्रहरीले तीनै जना अभियुक्तहरुलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा