‘बाढी प्रभावित क्षेत्रमा जाँदा राहतसँगै मास्क, सेनिटाइजर लैजान नभुलौँ’
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्न जानेले कोरोना महामारीलाई पनि ध्यानमा राख्दै मास्क, सेनिटाइजर तथा साबुन जस्ता सामान राहत सामग्रीमा समावेश गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले कोरोना महामारीको जोखिम कायमै भएका बेला अर्को बाढी पहिरोको विपत्ती आइलागेको भन्दै यसबाट जोगिन सबैले आ आफनो स्थानबाट सहयोग गर्नुपर्ने बताए ।
उनले केही व्यक्तिहरुले बाढीपहिरो प्रभावित क्षेत्रमा जाँदा मास्क समेत नलगाएको भन्दै एउटा विपत्ती कम गर्दा अर्को विपत्ती आइनलागोस भन्ने कुराको हेक्का राख्नुपर्नेमा जोड दिए । उनले भने, ‘बाढी प्रभावित क्षेत्रका धेरै मानिसहरुले आफनो घरबार सबै गुमाएका कारण पनि एकै स्थानमा धेरै जना बस्न बाध्य छन्। यो बेला कोरोना महामारीले झन भयावह रुप लिनसक्छ । यो कुराको ख्याल गर्दै सबैले मास्कको प्रयोग गर्ने, सेनिटाइजर लगाउने र सकेसम्म दूरी कायम गर्न जरुरी छ । राहत बाँड्नेले पनि उहाँहरुलाई चाहिने मास्क सेनिटाइजर लगायतका सामान पनि सहयोग गरिदिनुस् ताकी अर्को विपत्तीबाट जोगिन सकियोस्।’
केही दिन अघि मात्र सिन्धुपाल्चोक, मनाङ, म्याग्दी लगायतका जिल्लामा आएको भिषण बाढीपहिरोका कारण धेरै धनजनको क्षति भएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण