घट्दैछ आइसीयू र भेन्टिलेटरमा कोरोना संक्रमितको संख्या
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर घटेसँगै आइसीयू र भेन्टिलेटरमा उपचार गराउन आउने संक्रमितको संख्यामा पनि कमी आएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शनिबारसम्म देशभरका आइसीयूमा ८७४ जना र भेन्टिलेटरमा२५८ संक्रमितको उपचार भइरहेको छ । यो संख्याले केही दिनदेखि घट्दै गइरहेको देखाउँछ । १०\ १२ दिन अघिसम्म पनि आइसीयूमा २ हजारभन्दा बढी र भेन्टिलेटरमा ५ सयको हाराहारीमा संक्रमितको उपचार हुँदै आएको थियो ।
यसले पनि कोरोना संक्रमितको संख्यामा कमी आएको देखाउने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेल बताउँछन्। हाल देशभर ६ लाख १९ हजार ६३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये ५ लाख ५३ हजार ३४२ जना निको भइसकेका छन्। सक्रिय संक्रमितको संख्या पनि घटेर ५७ हजार ६१८ भएको छ । हालसम्म देशमा कोरोना संक्रमणबाट ८ हजार ६७५ जनाको मृत्यु भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा