थप २४०१ जनामा कोरोना पुष्टि, ३४ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २४ सय एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ६९६ जनाको कोरोना परीक्षण गरिएकोमा २४ सय एक जनामा संक्रमण देखिएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ६ लाख १९ हजार ६३५ पुगेको छ । यीमध्ये ५ लाख ५३ हजार ३४२ जना संक्रमणमुक्त भइसकेका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ३४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ८ हजार ६७५ पुगेको छ । आज मात्रै ३ हजार ६६० जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ६१८ रहेको छ। सक्रिय संक्रमितमध्ये हाल ८७४ जना आइसीयूमा छन् भने २५८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा