यी हुन् कोरोनाबाट बढी मानिसको मृत्यु भएका पाँच देश
हेल्थ टिभी अनलाइन : हालसम्म विश्वमा १७ करोड ८६ लाख २ हजार ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । वर्ल्डोमिटरका अनुसार शनिबार बिहानसम्म विश्वभर १७ करोड ८६ लाख २ हजार ६४ जनामा कोरोना पुष्टि भएको छ भने ३८ लाख ६६ हजार ९३२ जनाको मृत्यु भएको छ ।
यीमध्ये १६ करोड ३१ लाख २३ हजार ८० जना निको भइसकेका छन्। कोरोना संक्रमण पहिलोपटक चीनको वुहान शहरबाट फैलिएको भए पनि यो अहिले पाँच देशमा बढी देखिएको छ । अमेरिका, ब्राजिल, भारत,पेरु र मेक्सिकोमा सबैभन्दा बढी संक्रमितको मृत्यु भएको पाइएको छ ।
अमेरिका- ३ करोड ४३ लाख ९३ हजार संक्रमित, २६९ मृत्यु ६ लाख १६ हजार ९२० को मृत्यु
ब्राजिल- १ करोड ७८ लाख २ हजार १७६ संक्रमित, ४ लाख ९८ हजार ६२१ को मृत्यु
भारत- २ करोड ९८ लाख २३ हजार ५४६ संक्रमित, ३ लाख ८५ हजार १६७ को मृत्यु
मेक्सिको- २४ लाख ७१ हजार ७४१ संक्रमित, २ लाख ३० हजार ९५९ को मृत्यु
पेरु- २० लाख २३ हजार १७९ संक्रमित, १ लाख ८९ हजार ९३३ जनाको मृत्यु
कूल ३८ लाख ६६ हजार ९३२ मृत्युमध्ये ५० प्रतिशत १९ लाख २१ हजार ६ सय यी पाँच देशका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा