Health TV Online
Health TV Online

२४ घण्टामा १३ हजार ३७ जनाको परीक्षण, २७६८ जनामा कोरोना पुष्टि

४४ संक्रमितको मृत्यु

२४ घण्टामा १३ हजार ३७ जनाको परीक्षण, २७६८ जनामा कोरोना पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं :  देशभर पछिल्लो २४ घण्टामा थप २७ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ३७ जनाको परीक्षण गरिएकोमा २७ सय ६८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ६ लाख १७ हजार ९४७ पुगेको छ । यीमध्ये ५ लाख ४९ हजार ६८२ जना संक्रमित निको भइसकेका छन्।

उता कोरोना संक्रमण भएर गत २४ घण्टामा ४४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसहित नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६४१ पुगेको छ । गत २४ घण्टामा ४ हजार २० जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर ५९ हजार ६२४ जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार