Health TV Online
Health TV Online
Health TV Online

डेनमार्क र आयरल्याण्डद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

डेनमार्क र आयरल्याण्डद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

हेल्थ टिभी अनलाइन \काठमाडौं : युरोपियन युनियन सदस्य राष्ट्रहरु आयरल्याण्ड र डेनमार्कले युरोपियन युनियनको ‘सिभिल प्रोटेक्सन मेकानिजम’ अन्तर्गत नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

शुक्रबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले उक्त सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरेकी हुन्।

नेपाल सरकारले कोरोना विरुद्ध लड्नका लागि सहयोगको आव्हान गरे लगत्तै युरोपियन युनियनका १२ सदस्य राष्ट्रले सहयोग गर्ने जनाएका थिए । सोही बमोजिम यसभन्दा अघि ८ वटा देशले स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरिसकेका छन्। आज डेनमार्क र आयरल्याण्डको सहयोग आएको हो । अब दुई देश इटली र लिथोनियाबाट भने सहयोग सामग्री आउन बाँकी रहेको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा इयूकी राजदूत डेप्रेजले कोभिड महामारी विरुद्ध लड्नका लागि युरोपियन युनियन सधै नेपालको साथमा रहने बताएकी थिइन्। यसैगरी स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले कोभिड नियन्त्रणका लागि मित्र राष्ट्रहरूले सहयोग गरेका स्वास्थ्य सामग्रीले कोभिडविरूद्ध लड्नका लागि धेरै सहयोग पुग्ने बताए ।

आयरल्याण्डबाट आएको सहयोग

आयरल्याण्डद्वारा अक्सिजन कन्सर्नट्रेटर ७२, ब्याप एअर फ्लो मेसिन १२, भेन्टिलेटर ४४, पल्स अक्सिमिटर ४ सय, रेष्पिरेटर मोनिटर ५०, डेफिब्रिलेटरर्स ५०, थर्मोमिटर १००, अक्सिजन रेगुलेटर ७२८, एयर रेगुलेटर ३९८, प्रोटेक्टिभ कोभरल्स ९९,७५०, फेस सिल्ड २ लाख  १ हजार ६०० र सर्जिकल मास्क १० लाख ८ हजार सहयोग प्राप्‍त भएको छ ।

डेनमार्कबाट आएको सहयोग

यसैगरी डेनमार्कद्वारा भेन्टिलेटर २६, न्याजल अक्सिजन क्यानल्स ५०, भाइजर ९६ हजार, आइसोलेसन ग्राउन ९६ हजार र एफएफपी टु मास्क ९६ हजार सहयोग प्राप्‍त भएको छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार