Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम, सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा कोरोना महामारीसँगै पानीजन्य र सरसफाइसम्बन्धी रोगहरुको जोखिम हुने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले हालै सिन्धुपाल्चोक, म्याग्दी, मनाङ लगायतका विभिन्न स्थानमा जनधनको ठूलो क्षति हुने गरी बाढी गएको हुँदा यी क्षेत्रमा बाढीपछि आउने पानीजन्य रोगको जोखिम हुुने भएकाले सबैले यो बेला सावधानी अपनाउनपर्ने बताए । उनले यी क्षेत्रमा स्वास्थ्य समस्या परेकालाई सहयोग गर्नका लागि स्वास्थ्य मन्त्रालयको टिम नै खटिएको समेत जानकारी दिए ।

यसका साथै यो बेला पानीका मुहानहरु फोहोर हुने कारणले पनि पानीजन्य रोग बढ्ने हुँदा उद्धारमा खटिएकाहरुले सफा र पिउन योग्य पानीको व्यवस्थातर्फ ध्यान दिनपर्नेमा जोड दिए । योसँगै कोरोना महामारीको जोखिम पनि कायमै भएकाले एकै ठाउँमा बसेका व्यक्तिहरुले कम्तीमा मास्क लगाउने, एक अर्काबाट दूरी कायम गर्ने र साबुन पानीले हात धुने काम पनि गरिरहन आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले यदि यसो गर्न नसकेमा कोरोना महामारीले ठूलो रुप लिनसक्ने समेत जनाएको छ । घरबारी गुमाएर पालको बासमा रहेका कयौं व्यक्तिहरुलाई सहयोग गन जानेले पनि  सफा पानी, लामखुट्टेबाट बच्न झूल पानी निर्मलीकरण गर्ने औषधि लगायतका सामानहरुमा ध्यान दिन जरुरी रहेको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि