Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

बी एण्ड सी मेडिकल कलेजको मनसाय पत्र खारेज भएको छैन् : दुर्गा प्रसाई

बी एण्ड सी मेडिकल कलेजको मनसाय पत्र खारेज भएको छैन् : दुर्गा प्रसाई

हेल्थ टिभी अनलाइन \काठमाडौं : झापास्थित बीएण्डसी मेडिकल कलेज तथा शिक्षण अस्पतालले आफनो कलेजको मनसाय पत्र  खारेज नभएको र केही व्यक्तिहरुले भ्रम फैलाएको बताएको छ । मनसाय पत्र नविकरणको विषय अहिले सर्बोच्च अदालतमा वीचाराधीन अवस्थामा रहेको भन्दै मनसाय पत्र खारेज नभएको बताएको हो ।

विभिन्न मिडियाहरुमा बी एण्ड सीको मनसायपत्र नविकरण नभएको र स्वत खारेज भएको भन्दै समाचार आएपछि कलेजका सञ्चालक दुर्गा प्रसाईले केही व्यक्हिरुले भ्रमको खेती गरेको भन्दै विज्ञप्ति जारी गरेका हुन्। उनले मनसाय पत्र खारेज भएको भन्ने विषयमा सत्यता नभएको जनाएका छन्। उनले चिकित्सा शिक्षा नियमावलीमा उल्लेखित आसयपत्र नविकरणको व्यवस्था आफूलाई लागू नहुने भन्दै सर्बोच्चमा मुद्धा दायर गरेको र त्यसको अन्तरिम आदेश जारी भएको अवस्था छ भ्रममा नपर्न सरोकारवालालाई आग्रह समेत गरेका छन् ।

काठमाडौ विश्वविद्यालयले बीएण्डसीलाई सम्वन्धन दिने निर्णय गर्दै सहमतिका लागि चिकित्सा शिक्षा आयोगमा पत्र पठाएपछि डा गोविन्द केसी लगायतका समूहले यसको विरोध गर्दै आइरहेको थियो । सो समूहले विभिन्न सञ्चारमाध्यममार्फत वीएण्डसीको मनसायपत्र नविकरण खारेज भईसकेको भन्दै सम्वन्धन दिन नमिल्ने समेत दावी गर्दै आइरहेको थियो ।

उनले जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख छ, ‘यस संस्थाले साविकमा कायम रहेको निजी लगानीमा संचालन गरिने प्राविधिक महाविद्यालय (कलेज\क्याम्पस) सम्वन्धमा बनेको आधारभुत नीति- २०६३ का आधारमा सम्पूर्ण मापदण्ड पूरा गरि कलेजको सम्वन्धनका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ जारि हुनुभन्दा तिन वर्ष अगावै  काठमाण्डौ विश्व विद्यालय समक्ष कलेजको सम्वन्धनको लागि दिएको निवेदनका आधारमा काठमाण्डौं विश्व विद्यालयको सभाको ८९ औं बैठकले यस संस्थालाई एमविविएस कार्यक्रम संचालनका लागि सम्वन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेबमोजिम काठमाण्डौं विश्व विद्यालयका विज्ञहरु सम्मिलित टोलीले मिति २०७८ बैशाख २२ देखि २६ गते सम्म कलेजको प्रारम्भिक निरिक्षण गरि पेश गरेको प्रतिवेदन समेतका आधारमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३(६) बमोजिम सम्वन्धनको लागि सहमति दिन र सिट संख्या सहित स्विकृतिका लागि निर्णय गर्नका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३(६) बमोजिम यस संस्थालाई सम्वन्धन प्रदान गर्न चिकित्सा शिक्षा आयोगमा नियमानूसार काम कारवाही अगाडि बढाएको विषयलाई अतिरन्जित गरि अदालतमा विचारधिन रहेका मुद्दाको न्यूनतम् तथ्यगत र कानूनी ज्ञान पनि नराखी,  वन्दकोठा भित्र बसी अरुको विषयमा लेख्ने, अरुले गरेको काम प्रती भाँजो हाल्ने प्रायोजीत  नागरिक अभियन्ता भन्ने व्यक्तिहरुका नामबाट लगातार रुपमा अत्यन्त भ्रामक, तथ्यहिन एवम् कपोकल्पीत कुराहरु उल्लेख गरि पटकपटक समाचारहरु सार्वजनिक गरेका कारणले मात्र हामीले यस प्रेस विज्ञप्ति मार्फत सत्यतथ्य सार्वजनिक गरिरहेका छौं ।’

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि