थप २८२८ जनामा कोरोना पुष्टि, ५२ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप २८ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १३ हजार २२ जनाको परीक्षण गर्दा २८ सय २८ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या ६ लाख १४ हजार २१६ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित देशभर कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या ८ हजार ५५८ पुगेको छ ।
यसैगरी आज ३ हजार ८२ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा