Health TV Online
Health TV Online

पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगियो

पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगियो

हेल्थ टिभी अनलाइन \काठमाडौं : पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि भारतको नयाँ दिल्ली लगिएको छ ।

खनालको स्वास्थ्यमा खासै सुधार हुन नसकेपछि चिकित्सकको सल्लाहमा उनलाई दिल्लीको अपोलो अस्पताल लगिएको हो । खनालको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । केही समय अघि कोरोना संक्रमण भएका खनालमा फेरी सास फेर्न गाह्रो हुने, ज्वरो आउने र शरीरमा रगतको कमी भएपछि सोमबार नर्भिक अस्पताल भर्ना गरिएको थियो ।

खनालले केही समयदेखि मिर्गौलासम्बन्धी रोगको उपचार गराइरहेको बताइएको छ । ५ महिनाअघि पनि खनालले भारतको अपोलो अस्पतालमा उपचार गराएर फर्केका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार