Health TV Online
Health TV Online

यी हुन् ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका ४३ जिल्ला

यी हुन् ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका ४३ जिल्ला

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमणको दर केही कम भएको जस्तो भए पनि अझै पनि ४३ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका ३ वटै काठमाडौं, भक्तपुर र ललितपुरसहित देशभरका ४३ जिल्लामा हाल ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

५ सय भन्दा बढी सक्रिय संक्रमित हुनेमा प्रदेश १ को मोरङ, सुनसरी र झापा रहेको छ। यसैगरी प्रदेश २ को रौतहट, धनुषा र पर्सा, महोत्तरी,बारा, सिरहा, सप्तरी र सर्लाहीमा पनि ५ सय भन्दा बढी सक्रिय संक्रमित छन्।

यता बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक,सिन्धुली, र नुवाकोट, दोलखा र रामेछापमा पनि ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

यसैगरी गण्डकी प्रदेशको कास्की, तनहुँ, गोरखा, नवलपरासी पूर्वमा पनि छ सय बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । उता लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ, रुपन्देही, पाल्पा,कपिलवस्तु, नवलपरासी पश्चिम र रोल्पामा पनि ५ सय बढी संक्रमित छन्।

कर्णाली प्रदेको सुर्खेत र दैलेखमा पनि ५ सय भन्दा बढी संक्रमित छन्। सुदूरपश्चिमका बैतडी, डडेल्धुरा, कैलाली,कञ्चनपुर, अछाम र डोटीमा ५ सय बढी संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यसैगरी १५ जिल्लामा २ सय बढी संक्रमित रहेका छन्।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार