यी हुन् ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका ४३ जिल्ला
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमणको दर केही कम भएको जस्तो भए पनि अझै पनि ४३ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका ३ वटै काठमाडौं, भक्तपुर र ललितपुरसहित देशभरका ४३ जिल्लामा हाल ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।
५ सय भन्दा बढी सक्रिय संक्रमित हुनेमा प्रदेश १ को मोरङ, सुनसरी र झापा रहेको छ। यसैगरी प्रदेश २ को रौतहट, धनुषा र पर्सा, महोत्तरी,बारा, सिरहा, सप्तरी र सर्लाहीमा पनि ५ सय भन्दा बढी सक्रिय संक्रमित छन्।
यता बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक,सिन्धुली, र नुवाकोट, दोलखा र रामेछापमा पनि ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन्।
यसैगरी गण्डकी प्रदेशको कास्की, तनहुँ, गोरखा, नवलपरासी पूर्वमा पनि छ सय बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । उता लुम्बिनी प्रदेशको बाँके, बर्दिया, दाङ, रुपन्देही, पाल्पा,कपिलवस्तु, नवलपरासी पश्चिम र रोल्पामा पनि ५ सय बढी संक्रमित छन्।
कर्णाली प्रदेको सुर्खेत र दैलेखमा पनि ५ सय भन्दा बढी संक्रमित छन्। सुदूरपश्चिमका बैतडी, डडेल्धुरा, कैलाली,कञ्चनपुर, अछाम र डोटीमा ५ सय बढी संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
यसैगरी १५ जिल्लामा २ सय बढी संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा