स्टार अस्पतालमा कोभिड बाहेकका अन्य सेवाहरु पनि सूचारु
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको सानेपामा रहेको स्टार अस्पतालमा कोभिड बाहेकका अन्य सेवाहरु पनि सूचारु भएका छन्। कोरोना महामारीमा कोरोना संक्रमितको उपचारमा अब्बल ठहरिएको स्टार अस्पतालमा अहिले संक्रमितको संख्यामा कमी आएसँगै अन्य ओपीडी सेवा र नियमित शल्यक्रिया सुरु गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल निर्देशक डा शैल रुपाखेतीले कोरोना महामारीलाई ध्यानमा राख्दै कोरोना डेडिकेटेड अस्पताल बनाइएको भए पनि अब भने संक्रमित घट्दै गएपछि सबै खालका बिरामी भर्ना गर्ने तथा शल्यक्रिया सेवा सूचारु गरिएको बताए । उनले कोभिड र नन कोभिड दुबै विभाग अलग अलग बनाएर सेवाहरु सूचारु गरिएकाले अन्य बिरामीहरु पनि अस्पतालमा ढुक्क भएर सेवा लिन आउन सक्ने जनाए । उनले भने, ‘हामीले कोरोनाका बिरामी र नन कोरोनाका बिरामी राख्ने तल्ला नै छुट्टै बनाएका छौं ।’ बिरामीलाई कोरोना संक्रमणको जोखिम नहोस् भन्नका लागि अस्पतालमा उनीहरु हिंड्ने बाटो नै फरक गरेको समेत उनले जिकीर गरे ।
कोरोनाको पहिलो र दोस्रो दुबै लहरमा स्टारमा संक्रमितलाई प्राथमिकतामा राखेर उपचार सेवा दिइएको थियो । अन्य बिरामीहरुलाई पनि असजिलो नहोस भनेर आफूहरुले अब भने कोेभिड र नन कोभिड विभाग छुट्याएर सेवा दिन सुरु गरेको अस्पतालले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा