Health TV Online
Health TV Online

थप २७४५ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यु

थप २७४५ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २९० जनाको परीक्षण गर्दा २७ सय ४५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १२ हजार २०२ पुगेको छ । यीमध्ये हालसम्म ५ लाख ४० हजार ४३९ जना संक्रमणमुक्त भइसकेका छन्।

मन्त्रालयका अनुसार आज देशभर ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कुल मृत्यु हुने संक्रमितको संख्या ८ हजार ५०६ पुगेको छ । गत २४ घण्टामा ४ हजार १८७ जना निको भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६३ हजार २५७ रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार