थप २७४५ जनामा कोरोना संक्रमण, ४१ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा २७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार २९० जनाको परीक्षण गर्दा २७ सय ४५ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १२ हजार २०२ पुगेको छ । यीमध्ये हालसम्म ५ लाख ४० हजार ४३९ जना संक्रमणमुक्त भइसकेका छन्।
मन्त्रालयका अनुसार आज देशभर ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कुल मृत्यु हुने संक्रमितको संख्या ८ हजार ५०६ पुगेको छ । गत २४ घण्टामा ४ हजार १८७ जना निको भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ६३ हजार २५७ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा