Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा केही खुकुलो बनाइएको छ। जेठ ३० गते बसेको उत्यकाका तीनै वटा जिल्लाका सिडियोहरुको बैठकले पछिल्लोपटक थपिएको निषेधाज्ञा केही खुकुलो गर्ने निर्णय गरेको हो । जुन आजदेखि असार ७ गतेसम्म लागू हुनेछ ।

कोरोना महामारी नियन्त्रणका लागि भन्दै सरकारले गत वैशाख १६ गतेदेखि विभिन्न चरणमा समय थप गर्दै उपत्यका लगायतका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरेको हो । पछिल्लो समय कोरोना संक्रमितको संख्या कम हुँदै गएपछि प्रशासनले निषेधाज्ञा केही खुकुलो गर्दै केही व्यापार व्यवसाय गर्न समय लम्ब्याएको हो ।

उपत्यकामा आजदेखि खाद्यान्न, तरकारी, फलफूल, किराना पसल र पुस्तक पसलले बिहान ११ बजेसम्म खोल्न पाउने छन्। यसैगरी यसअघि बन्द गरिएका विकास निर्माणका काममा आवश्यक पर्ने पसललाई अपरान्ह ४ बजेदेखि खुल्न दिने निर्णय भएको छ। विकास निर्माणका काममा पनि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर मजदूरहरू राख्न पाइने भएको छ।

अटो वर्कसपहरू बिहानदेखि बेलुकीसम्म नै खोल्न पाउने छन्। उता अत्यावश्यक सेवाका लागि यातायातका साधनलाई आफ्नो कार्यालयद्वारा जारी परिचय पत्र वा जिल्ला प्रशासनले जारी गरेको पासका आधारमा सञ्चालन गर्न दिइने छ।

अनलाइन डेलिभरी पनि गर्न पाइने छ । कृषिजन्य विउ विजन, मल लगायतका पसलहरु पनि खोल्न पाइने छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि