चिकित्सा शिक्षा आयोगद्धारा चिकित्साशास्त्र तर्फको स्नातक तहको सिट निर्धारण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७७ ७८ का लागि चिकित्साशास्त्र तर्फको स्नातक तहमा अध्यापन गराउनका लागि विभिन्न शिक्षण संस्थालाई विभिन्न विषयको सिट निर्धारण गरेको छ । आयोगको जेठ १९ मा बसेको कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरको हो ।
आयोगले एमबीबीएस अध्ययन गराउने २० वटा शिक्षण संस्थामध्ये जानकी मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बाहेक सबै १७ वटा मेडिकल कलेजलाई १०० का दरले सिट उपलव्ध गराएको छ ।
पहिलो पटक एमबीबीएसको सिट पाएको कर्णालीको भागमा भने २० सिट परेको छ । यस्तै पाटनलाई ६५ र जानकीलाई ५० सिट दिइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा