आज काठमाडौं उपत्यकामा थपिए ६०७ कोरोना संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६ सय ७ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३९६ जना, ललितपुरमा १४५ जना र भक्तपुरमा ६६ जना संक्रमित थपिएका हुन्। देशभर गत २४ घण्टामा १४ हजार ८१९ जनामा परीक्षण गर्दा २ हजार ९१८ जनामा कोरोना पुष्टि भएको हो । ती मध्ये ६०७ जना उपत्यकामा पुष्टि भएका हुन्।
यसैगरी गत २४ घण्टामा ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये ३८ प्रतिशत काठमाडौं उपत्यकामा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा