बाँकेमा निषेधाज्ञा एक साता थपियो, खाद्यान्न पसल २ बजेसम्म खोल्न पाइने
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेमा जारी रहेको निषेधाज्ञा थप एक साता लम्बिएको छ । कोरोना संक्रमणको जोखिम अझै कायम रहेकाले थप एक साता निषेधाज्ञा गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जनाएका छन्। यसपटकको निषेधाज्ञा केही खुकुलो हुने भने देखिएको छ ।
अब किराना तथा उपभोग्य सामानका अन्यपसलहरु बिहान ७ बजेदेखि २ बजेसम्म खोल्न पाइने भएको छ । यसैगरी विवाह, व्रतबन्ध जस्ता कार्यक्रममा जनस्वास्थ्यका मापदण्ड पालना गर्दे १५ जना सम्म सहभागी हुन पाउने व्यवस्था गरिएको छ । उता अनलाइन डेलिभरी सेवा भने रोकिने छैन्।
बाँके प्रशासनले कोरोनाको दोस्रो वेभका कारण हटस्पट बनेको बाँकेमा वैशाख १३ गतेदेखि निषेधाज्ञा जारी गरेको थियो ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा